बजेट कार्यान्वयनमा समस्या आउँदैन : मन्त्री लिङ्थेप

  • मङगलबार २ असार २०८३ ०५:०० PM
विराटनगर : कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लिङ्थेपले सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताएका हुन् ।उनले निकट भविष्यमा प्रदेश सरकार परिवर्तन हुन सक्ने भए पनि बजेटको कार्यान्वयनलाई कुनै असर नपर्ने समेत बताए । लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट यथार्थमा आधारित र बजेट कार्