एशियन गेम्सको छनोटमा नियम विपरितः खेलाडी श्रेष्ठ

  • मङगलबार २ असार २०८३ ११:३५ AM
काठमाडौँ । नेपाली राष्ट्रिय पौडी खेलाडी इर्भिन श्रेष्ठले २०औँ एशियन गेम्सको लागि नेपाल पौडी संघले धाँदली गरी खेलाडी छनोट गरेको र आफूहरूमाथि मानसिक पीडा दिएको आरोप लगाएका छन् । नक्सालमा मंगलवार पत्रकार सम्मेलन गर्दै पौडी खेलाडीहरू इर्भिनसँगै मेधाव केसी र निर्णय थापा, उनीहरूका प्रशिक्षक र खेलाडीका परिवारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पौडी संघले