अनावश्यक तथा शंकास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

  • मङगलबार २ असार २०८३ ११:३८ AM
नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न सकिने भन्दै प्रचार गरिएका अनावश्यक तथा शंकास्पद ‘एपहरू डाउनलोड’ तथा ‘इन्स्टल’ नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । ‘पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न ‘अनलाइन’ माध्यममार्फत विश्वकप २०२६ हेर्न सकिने भन्दै ‘एन्ड्रोइड एप