जर्मनले नेपाललाई पौने ४ करोड युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने

  • बुधबार ३ असार २०८३ ०९:१४ AM
काठमाण्डु– जर्मन सरकारले नेपाललाई ३ करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने भएको छ । मंगलबार काठमाण्डुमा सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा आगामी दुई वर्षका लागि उक्त रकम बराबरको सहयोग गर्ने भएको हो । दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति