साना किसान र युवा स्वरोजगार प्राथमिकतामा: मन्त्री चौधरी

  • बुधबार ३ असार २०८३ ०९:३५ AM
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उपलब्ध बजेट सिलिङभित्र रहेर उत्पादनमुखी र किसानमैत्री कार्यक्रमहरू तय गरिएको बताएकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले बताएकी हुन् । मन्त्रालयले सार्वजनिक गरेको बजेट विवरणअनुसार संघीय निकायका लागि ६० अर्ब ३० करोड, प्रदेश सशर्त अनुदानतर्फ ७ अर्ब ७१