काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री तिमिल्सिनाले स्वतन्त्रतामाथि निरन्तर हस्तक्षेप भएको भन्ने सांसदहरुको प्रश्नमा सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको जवाफ दिएका हुन् ।उनले सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलापलाई सहन तयार नरहेको र कसैले प्रेस स्वतन्त्रतामाथि कुनै कदम उठाए