रामेछापमा वनमा आगो लगाउँदै हिँड्ने एक जना पक्राउ  

काठमाडौँ ।  रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले आगो लगाउँदै गर्दा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्षीय सुबास महत रहेका छन् । उनले आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आँगो लगाउँदै गर्दा जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो ।

महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिँडेको स्थानीयले देखेपछि प्रहरी चौकी साँघुटारमा खबर गरेका थिए ।