इलाम/झापा : इलामको चिसो हावापानीमा हुर्केको अर्थोडक्स चियाको स्वाद विश्वभरि चिनिन्छ। तर, यही चियाको उतारचढावले आज इलामका किसानको आँखामा आँसु भरिदिएको छ। नेपालको अर्थतन्त्रको एक दरिलो खम्बा मानिएको चिया क्षेत्र अघिल्ला वर्षहरूझैं संकटमा पुगेको छ।भारतले नेपाली चिया निकासीका लागि खडा गरेको प्रशासनिक अवरोध र नयाँ मापदण्डले गर्दा इलाम र झापासहितका चियामा निर्भर हजारौं किसान र उद्योगीको रोजीरोटी खोसिन थालेको छ। चिया उद्यमी महेश अर्याल भन्छन्, ‘यो व्यापारिक समस्या मात्र होइन, हजारौं नेपाली श