काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिने औपचारिक भ्रमण गरी बुधबार स्वदेश फर्किएका छन्। उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ गएका थिए। भ्रमणमा चीनका विदेश मन्त्री वाङ्ग यीसँग बेइजिङ्गमा द्विपक्षीय भेटवार्ता भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए। उनले दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल-चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको दाबी गरेका छन