महेन्द्रनगरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

  • बिहीबार ४ असार २०८३ ०३:२२ AM
महेन्द्रनगर । कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ । जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्रिकेट मैदान, एथ्लेटिक्सका लागि चार सय मिटर ट्रयाक र हक्कीका लागि खेल मैदान निर्माण भइरहेको छ । जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा चालु आर्थिक वर्षमा खेल संरचना निर्माण