५ वर्षपछि नयाँ ५ सयका नोट

  • बिहीबार ४ असार २०८३ ११:०० AM
काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरको नयाँ नोट सार्वजनिक गरेको छ। असार ३ गतेदेखि लागु हुने १० लाख थान नयाँ पाँच सयका नोट चलनचल्तीमा ल्याएको हो। राष्ट्र बैंकले करिब पाँच वर्षपछि नयाँ पाँच सयका नोट ल्याएको छ। मुद्रा व्यवस्थापन विभागद्वारा जारी सूचना अनुसार यो नोट साविककै आकार तथा रंगमा उपलब्ध छ। यो नयाँ नोटको संकेत नम्बर झ/३८ ०००००१ देखि ट/८३ ९९९९९९ सम्म रहेको छ। नोटको मुख्य विशेषताका रूपमा यसको अग्र भागमा गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो खण्डमा सिरिज नम्बर