काठमाडौं । पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेल आज असार ४ गते बिहान उक्त नदीमा हाम फालेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले