प्रधानमन्त्री संसदमा नजाने, जवाफ दिने जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

  • बिहीबार ४ असार २०८३ ०७:२७ AM
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रतिनिधिसभा बैठकमा नजाने भएका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ कोबजेट प्रतिनिधिसभाबाट आजै पारित गर्ने कार्यसूची छ । त्यसअघि प्रधानमन्त्री र मन्त्रीहरुले आ–आफ्ना कार्यक्षेत्रसँग सम्बन्धित विषयमा विनियोजन विधेयकमा सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्छ । जारी बैठकमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिइरहेका छन्