नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • बिहीबार ४ असार २०८३ ०५:०० PM
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा राम कुमार बोहराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा कार्यरत रंगमञ्च सहायक बोहराले तरुण माध्यमिक विद्यालय,बालाजुको सेन्टअप (कक्षा १०) को मार्कसिट र ट्रान्सफर सर्टिफिकेट लगायतका शैक्षिक योग्यतासम्बन्धी झुट्टा विवरण तथा नक्कली प्रमाणपत्र पेस गरी स्थायी नियुक्ति लिएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जा