काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन् । मन्त्री गौतमले संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई टुङ्गोमा पुर्याउनका लागि सरकारले राजनीतिक दल