न्यायाधीशको तलब वृद्धिबारे सरकारको तयारी के छ ?

  • बिहीबार ४ असार २०८३ ०६:०० PM
काठमाडौं : कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले न्यायाधीशहरूको पारिश्रमिक तथा सेवा–सुविधालाई समयानुकूल बनाउने दिशामा सरकारले आवश्यक पहल गर्ने बताएकी छन्। उनले न्यायाधीशहरूलाई राष्ट्रसेवक कर्मचारीसरह महँगी भत्ता उपलब्ध गराउने व्यवस्था यसअघि नै कानुनीरूपमा सुनिश्चित गरिसकिएको पनि जानकारी दिइन्।बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले २०८३ साउन १ गतेदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको तलब तथा सुविधा वृद्धि भएको सन्दर्भमा न्याय