मधेसमा सडक सुरक्षाको चुनौती कायमै

  • बिहीबार ४ असार २०८३ ०९:०० PM
जनकपुरधाम : पछिल्लो समय सडक दुर्घटना एक प्रमुख सुरक्षा चुनौतीको रूपमा अगाडि आए पनि यसको न्युनीकरणको सवालमा खासै संवेदनशीलता देखिएको छैन। मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना भए जसमा २७४८ जनाले ज्यानै गुमाउनु परेको छ तर, पनि सडक सुरक्षाको सवालमा प्रदेश सरकारले जुन अनुपातमा काम गर्नुपर्ने थियो त्यो हुन सकेको छैन।सडक सुरक्षा सुधारलाई अघि बढाउन तथा राष्ट्रिय सडक सुरक्षा कार्ययोजनालाई कार्यान्वयनमा तिव्रता दिने उद्देश्यका साथ जनकपुरमा बिहीबार आयोजित उच्चस्तरीय कार्यशाल