काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षा सञ्चालन भएको ३५ दिनमा परीक्षाफल प्रकाशित भएको हो । जसअनुसार ६४.३१ प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ । नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख