काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर घटाउने तथा करदातालाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आवासीय प्रयोजनका घरजग्गामा लाग्ने बहाल करमा हेरफेर गरिएको जानकारी दिएकी हुन् । नयाँ व्यवस्थाअनुसार वार्षिक दुई लाख ४० हजार रुपैयाँभन्दा कम बहाल