कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • शुक्रबार​ ५ असार २०८३ ११:०० AM
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान ८ बजे बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा प्रकाशन गरिएको हो।गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना सबै विषयमा उत्तीर्ण भएका छन्।त्यसैगरी, नियमिततर्फका १ लाख ४ सय ७१ जनाले एनजी ल्याएका छन् । यो नियमिततर्फको कुल परीक्षार