काठमाण्डौं– प्रमुख प्रतिपक्षी कांग्रेसले पञ्चायतकालीन भूमिगत गिरोहको शैलीमा संविधान र कानूनले नचिनेको गिरोहले देश चलाउने अभ्यास थालिएको आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै काँग्रेस सांसद् खड्कबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा संविधान र कानुनले नचिकाहरूको गिरोह सक्रिय रहेको आरोप लगाए । प्रधानमन्त्री कार्यालयमा कालो चस्मा लगाएर राज्य संयन्त्र कब्जा गर्न उद्धत नयाँ नयाँ गिरोहका सदस्यहरू