कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा मध्यरातमा प्रहरीले छापा मारेको छ। बिहीबार राती १० बजे उनको विराटनगर- ३ स्थित मन्त्री क्वटरमा प्रहरीले छापा मारेको प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले जानकारी दिए। उनले शुक्रबारको संसद बैठकमा पराजुलीको निवासमा छापा मारिएको विषय उठाउँदै नयाँ सरकारले किन यस्तो गर्दैछ भन्दै प्रश्न पनि गरेका थिए।