बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनमा कानुनी सुधार आवश्यक : गभर्नर पौडेल

  • शुक्रबार​ ५ असार २०८३ ०८:२४ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मुलुकमा सम्भावित बैंक तथा वित्तीय संकटको तत्काल समाधानका लागि राष्ट्र बैंकलाई विशेष तथा निर्णायक अधिकार आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले वित्तीय प्रणालीको संवेदनशीलता तथा निक्षेपकर्ताको हित संरक्षणका लागि संकटको अवस्थामा राष्ट्र बैंकले छिटो निर्णय लिन सक्ने कानुनी व्यवस्था आवश्यक रहेको