काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नागरिकमा जागरण, सामाजिक रूपान्तरण र राष्ट्रप्रेमको भावना जागृत गराउने प्रभावकारी संयन्त्र भएको बताएका छन् । शुक्रवार आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै उनले मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न चलचित्र क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । राष्ट्रपति पौडेलले नेपालको हिमाल, पहाड