ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु, महिला गम्भीर घाइते

  • शुक्रबार​ ५ असार २०८३ ०३:०१ PM
झापा : झापाको कनकाईमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।आज दिउँसो करिब १२ बजे कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्रि सडकमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी ५ वर्षीया छोरी हाजिरा खातुन तथा पछाडि सवार उनक