चलचित्र उद्योगले आर्थिक विकासमा थप योगदान पुर्याएको छ : राष्ट्रपति पौडेल

  • शुक्रबार​ ५ असार २०८३ ०३:०१ PM
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा कुन ढङ्गले अझै थप योगदान पुर्‍याउन सक्छ भन्नेतर्फ पनि सबैको ध्यान जान जरुरी भएको बताएका छन् । चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पुर्‍याउन सक्ने भन्दै सबैले त्यस तर्फ सोच्नुपर्ने बताए । राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ, पाखापखेरा र कुनाकन