भारतको ऋषिकेशस्थित जूना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरिले नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्ने दिशामा भइरहेको प्रयासको प्रशंसा गर्दै नेपालको आध्यात्मिक र सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताएका छन्। हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी’लाई सम्बोधन गर्दै उनले नेपाल सनातन सभ्यता, अध्यात्म र सांस्कृतिक