एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रवार दक्षिण कोरिया र उत्तर कोरिया (प्रजातान्त्रिक जनगणतन्त्र कोरिया) बीचका सबै सञ्चार संयन्त्रहरू विच्छेद भएको बताएका छन् । जी–७ शिखर सम्मेलन तथा विभिन्न युरोपेली मुलुकहरूको भ्रमणका उपलब्धिका बारेमा राष्ट्रपति कार्यालयमा आयोजित एक ब्रिफिङमा बोल्दै राष्ट्रपति लीले दुई कोरियाबीचका आपत्कालीन हटलाइन र अन्य सञ्चार माध्यमहरू पूर्ण रूपमा बन्द