चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह शनिबार चितवनमा सम्पन्न भएको छ । समारोहमा विश्वविद्यालयका विभिन्न संकायबाट अध्ययन पूरा गरेका दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको भविष्य कृषिको विकाससँग जोडिएको उल्लेख गर्दै सरकारले कृषि क्षेत्रको उन्नयनका लागि