काठमाण्डु – पूर्वाधार विकास मन्त्री सुनील लम्सालले निर्धारित समयमै काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउन निर्देशन दिएका छन् । रुग्ण अवस्थामा रहेको मेची र मध्यपहाडी राजमार्गसँगै तमोर करिडोर क्षेत्रको स्थलगत निरीक्षणका क्रममा शनिबार मन्त्री लम्साल आयोजना प्रमुख, सुरक्षा अंगका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको भेटमा ठेकेदारलाई थुन्न र कुट्न निर्देशन दिए