सरकारको १०० दिनको समीक्षा गर्दै प्रतिपक्षी दल

  • आइबार​ ७ असार २०८३ ०७:०० AM
काठमाडौं : वालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले १०० दिन पूरा गर्नै लाग्दा दलहरू समीक्षामा जुटेका छन्। गणतन्त्रपछि पहिलोपटक एकल बहुमत सरकार बनाएको रास्वपा सरकारको काममा प्रमुख विपक्षी दलहरूले सन्तुष्टि हुन सकेका छैनन्। सत्तारूढ रास्वपा भने सरकारको काम सही गतिमा रहेको बताउँदै जनअपेक्षा बिर्सन नसक्ने दाबी गर्दै आएको छ।प्रमुख विपक्षी कांग्रेस र राप्रपाले सरकारको प्रारम्भिक कामको समीक्षा गरेका छन्। कांग्रेसले सरकारका कमीकमजोरीबिरुद्ध सशक्त रूपमा खबरदारी गर्ने