सरकार ! रोजगारी नीति कहाँ छ ?

  • आइबार​ ७ असार २०८३ ११:०१ AM
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रायः दैनिक रूपमा देखिने दृश्यले नेपाली समाज, अर्थतन्त्र र राज्य व्यवस्थाको एउटा गम्भीर यथार्थ उजागर गरेको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रस्थान गर्ने यात्रुहरूको अत्यधिक भीड, हातमा सुटकेस र काँधमा सपना बोकेर विदेशतर्फ उन्मुख भएका सयौं युवाको अनुहार, अनि बिदाइका भावुक क्षणहरू— यी सबैले एउटा प्रश्नलाई पुनः जीवित बनाएका छन्, ‘स्वदेशमा रोजगारी कहिले, सरकार ? अनि सरकारको रोजगारी नीति कहाँ छ ?’विमानस्थलमा देखिएको यो भीड केवल यात्