रास्वपाको महाधिवेशनमा पुगे गगन, बाबुराम देखि सिके राउतसम्म, बालेनले लगाए घण्टी बजाउन

  • आइबार​ ७ असार २०८३ १०:०९ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सुरू भएको छ। चितवन भरतपुरस्थित गेस्ट हाउस चौरमा सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्। उद्घाटन सत्रमा कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेबाट नेता प्रदिप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष