चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु भएको छ । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित विशेष समारोहमा पार्टी सभापति सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले महाधिवेशनको उद्घाटन गरेका छन् । लामिछाने र शाहले घण्टी बजाएर महाधिवशेनको औपचारिक शुभारम्भ गरेका हुन् ।महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सभापति गगन कुमार थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता बर्षमान पुन, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष