चितवन : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो उद्देश्य समान रहेको बताएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो टिप्पणी गरेका हुन्। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष राउतले रास्वपाका नेता तथा कार्यकर्तामा देखिएको देश बनाउने अठोट र समृद्धिको चाहना आफूमा पनि रहेको स्पष्ट पारे। उनले भने, ‘तपाईंहरूभित्र जुन देश बनाउने अठोट र समृद्धिको चाहना छ, म पनि त्यही चाहना बोकेर आएको हुँ। जुन सपना तपाईंहरूले देख्नुभएको थियो, त्यही सपना मैले पनि देखेको थिएँ।’ यस क्रममा अध्यक्ष राउतले आफूलाई रास्वपाको प्रतिस्पर्धीका रूपमा ... The post रास्वपाको सपना र मेरो सपना उस्तै हो : सीके राउत appeared first on Kalika Khabar.