अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन

  • आइबार​ ७ असार २०८३ ०७:०० PM
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार र सरकारी स्रोत–साधनको दुरुपयोगका विषयमा आफ्नो पार्टी कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन्। आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोध्ने उनको भनाइ छ। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी दोहन र अनियमितताका घटनामाथि कडाइका साथ प्रश्न उठाइने स्पष्ट पारे। ‘सरकारी दोहन भएको छ भने निहुँ खोज्छौं। अख्त