तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

  • सोमबार ८ असार २०८३ ०७:३७ AM
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ । विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार गण्डकी र बागमती प्रदेशका तराई भूभागमा भने तापमान वृद्धिको अनुमान गरिएको छ । देशका विभिन्न पहाडी र हिमाली जिल्लामा भने मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना