काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र भएको २४ घण्टा पुग्दासम्म आगामी प्रक्रिया अनिश्चित भएको छ । बन्दसत्र सुरु गरेर महाधिवेशन अगाडि बढाउनुपर्ने कार्यतालिका भए पनि बन्दसत्र सुरु हुन सकेको छैन । नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया समेत अगाडि बढेको छैन । पूर्वनिर्धारित कार्यतालिकाअनुसार महाधिवेशनको दोस्रो दिन सोमबार दिउँसो साढे