सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

  • सोमबार ८ असार २०८३ ०९:५९ AM
काठमाण्डु– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । साेमबार नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डा. तिमिल्सिनाले निर्देशन दिएका हुन् । उनले यसअघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरेहुन्थ्यो भन्नेसम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटोछरितो ढंगबाट सेवा प्रदान गरी