सुदूरपश्चिम र लुम्बिनीका तराईमा हिटवेभको चेतावनी, तापक्रम ४१ डिग्रीसम्म पुग्ने

  • सोमबार ८ असार २०८३ ०८:३४ AM
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ । विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार गण्डकी र बागमती प्रदेशका तराई भू-भागमा भने तापमान बृद्धिको अनुमान गरिएको छ । देशका विभिन्न पहाडी र हिमाली जिल्लामा भने मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रछ