सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव

  • सोमबार ८ असार २०८३ ११:५१ AM
रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताएका छन् । आज रौतहटको गढीमाई नगरपालिकाको १३ औँ नगरसभाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिए । उनले उत्पादनका लागि किसान खुसी नबनाएसम्म कृषि अर्थतन्त्रको विकास असम्भव भएको जानकारी दिँदै कृषिमा आबद्ध किसानलाई कृषि अनुदान उपलब्ध गराउने सन्दर्भमा