बीएचएमपछि सपनाको खोजीमा दुबई पुगेका दाहाल अहिले बने सफल सेफ

  • मङगलबार ९ असार २०८३ ०८:४९ AM
युएई – दोलखाका डिल्ली कुमार दाहाल अहिले (संयुक्त अरब इमिरेट्स) युएईको ठूलो सहरमा सेफका रूपमा कार्यरत छन् । पोखरा विश्वविद्यालयबाट बीएचएम पूरा गरेपछि दाहाल सपनाको भारी बोक्दै २०२२ मा सपनाको शहर दुबईको यात्रामा निस्किए । उनले २०२२ मा नै बुल्गेरी रीसोर्ट दुबईमा इन्टर्नसीपका लागी अवसर पाए जहाँ उनले विना पारिश्रमीक १५ महिनासम्म कामहरु सिक्दै गए ।