काठमाडौं । विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (Great Wall Motor) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘ओरा ५ ईभी’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। काठमाडौंस्थित द प्लाजामा आयोजित विशेष समारोहबीच उक्त गाडी सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको छ। ‘Designed with Intelligence, Shaped by Elegance’ अवधारणामा आधारित यो विद्युतीय एसयूभीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिसकेको यो मोडलले नेपाली विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने ... The post नेपाली बजारमा जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक, मूल्य ४६.९९ लाख रुपैयाँदेखि appeared first on Kalika Khabar.