काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जीप चालक सुर्खेतको बराहताल गाउँपालिका–७ बस्ने २८ वर्षीय रमेश सिजापति, हुम्लाको सिमकोट गाउँपालिका–७, ताङलाथुङ बस्ने २८ वर्षीय गंगबहादुर शाही, ५५