वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

  • बुधबार १० असार २०८३ ०९:४७ AM
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिशाल बानिया, काठमाडौं महानगरपालिका–१४ बस्ने २९ वर्षीय रिजन खङी र ललितपुर सातदोबाटो बस्ने कैलाली घर भएका २३ वर्षीया प्रिन्सी शाह रहेका छन्