काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यावसायिक क्षेत्रलाई मानव अधिकार तथा उपभोक्ता अधिकारप्रति उत्तरदायी बनाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् । आयोगले बुधबार काठमाडौंमा आयोजना गरेको व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय संवादमा अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा नागरिकको हकअधिकारको रक्षा हुनुपर्ने भन्दै यसका लािग जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।व्यवसाय, व्यावसायिक गतिविधिसँग सम्बन्धित वातावरण संरक्षण तथा आदिवासी समुदायका अधिकारप्रति सचेतना अभिव