सुनसरी : मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा अन्य विपद्का घटनाबाट नागरिकको ज्यान जोगाउन सशस्त्र प्रहरी बल, नेपालले कोशी प्रदेशका विभिन्न जिल्लामा विपद् प्रतिकार्यसम्बन्धी तालिम सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर–१ बराह वाहिनी मुख्यालय पकली, सुनसरीको आयोजना तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लामा रहेका नगर प्रहरी तथा स्थानीय नागरिकलाई लक्षित गरी ‘समुदायस्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक