विद्युतीय सवारीसाधन ब्रान्ड बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालि सम्बन्धी समाचार हटाउन तथा पुनः प्रकाशन–प्रसारण नगर्न जिल्ला अदालत काठमाडौंले दिएको अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघसहित चार प्रमुख पत्रकार संगठनले गम्भीर आपत्ति जनाएका छन्। नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, अनलाइन पत्रकार संघ र प्रेस सेन्टर नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै अदालतको आदेशले प्रेस तथा