काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वहरूलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जाने खतरा हुने बताएका छन्।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले विभिन्न राजनीतिक व्यक्तित्वहरूमाथि धरपकड भइरहेको भन्दै एउटा अपराधीजस्तो व्यवहार गर्न थाले देश समझदारीतर्फ नभइ अन्तरद्वन्द्वतर्फ जाने खतरा हुने बताए। उनले सरकारले कानुनसम्मत प्रक्रियाहरूलाई अपनाएर र अनुसरण गरेर मात्रै कुनै पनि कदम चाल्नु उचित हुने धारणा