बनियानी । झापाको अर्जुनधारा नगरपालिका–१ का विपन्न तथा आवासविहीन सात परिवारलाई बुधबार घर प्रदान गरिएको छ । गरिबी निवारण कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका र यहाँस्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त लगानीमा घर निर्माण गरी विपन्न परिवारलाई प्रदान गरिएको हो । बुधबार यहाँ आयोजित एक कार्यक्रममा घर हस्तान्तरण गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले विपन्न तथा